Mellow Construction

Bharatpur-26, Juneli Gau
Chitwan
NEED SUPPORT? info@mciclcblock.com
CALL US ON: 9851242234

#

विशेषताहरु

हलुका वजन

MCI ECO ब्लकहरु चलन चल्तिका माटोको इट्टा वा सिमेन्ट ब्लक भन्दा झण्डै ३ गुण हलुका हुने हुँदा ढुवानीमा खर्च कम गर्नुका साथै निर्माण पश्चातको जोखिम न्यूनिकरण गर्दछ ।

भुकम्प प्रतिरोधक

MCI Eco ब्लकहरुले वजन हलुको हुुनुको साथै निर्माण गरिने भवन तथा पर्खालहरु मजबुत रहन्छन् । MCI Eco ब्लकबाट बनेको संरचनाहरुको भार जमिनको सतहमा समानुपातिक रुपमा पर्नेहुँदा भुकम्पिय क्षति कम हुन्छ ।

थर्मल इन्सुलेसन

MCI ECO ब्लकहरु उच्च सेलुलर हुनेहँुदा विशिष्ट ताप इन्सुलेसन कायम गर्दछ । त्यसैले MCI Eco ब्लकले बने को घरहरु स्तरिय कम्फर्ट हुनुको साथै हिटिङ्ग र कुलिङ्ग खर्च समेत बचत गराउँछ ।

ध्वनी प्रतिरोधक

अन्य ठोस भवन निर्माण सामाग्रीको तुलनामा वैज्ञानीक रुपमै MCI Eco ब्लकले बनेको संरचनाहरुले ध्वनी प्रतिरोध गर्ने क्षमता अधिक राख्दछ ।

छिटो छरितो

ब्लकलाई सजिलै काट्न, ड्रिल गर्न सकिने भएकोले यसको प्रयोगले निर्माण छिटो गर्न सकिन्छ । ब्लक ठुलो भएको हुँदा जोडाई गर्दा ज्याला कम लाग्छ ।

अग्नि प्रतिरोधक

उच्च सेलुलर निर्माण सामाग्री भएको हुँदा MCI Eco ब्लक अन्य चलन चल्तीका इट्टा र ब्लक भन्दा उच्च अग्नि प्रतिरो धक क्षमता राख्दछ । १५० कि.मि. MCI Eco ब्लकले सांढे ४ घण्टासम्म अग्नि वहन गर्न सक्दछ ।

वातावरण मैत्रि

ब्लकले ब्लकहरु उत्पादन गर्ने क्षमता ३०% वातावरणीय हरितगृह विकिरणमा कमी गर्नुको साथै उर्जाको बचत गर्दछ ।

ओस प्रतिरोधक

MCI Eco ब्लकमा हुने अनगिन्ति बन्द, सुक्ष्म कोषिकाहरुले ओसलाई पार हुनबाट रोक्दछ । जसले गर्दा MCI Eco ब्लक ले निर्माण गरेको संरचना ओस प्रतिरोधि हुन्छ ।

निर्माण समाग्रीको बचत

MCI Eco ब्लकहरु एकै नाशको हुनेहुँदा जोडाइमा प्रयोग हुने मसला वा सिमेन्ट र वालुवा को खपत कम हुने गर्दछ । साथै निर्माण गरेको घरको भार कम हुने हुँदा घरमा प्रयोग हुने डण्डी कम लाग्दछ ।

दीगो निर्माण र पुनः प्रयोग

MCI Eco ब्लकमा कुनैपनि जैविका समाग्री प्रयोग नभएको हुनाले यसमा किरा तथा किटाणुले असर गर्दैन साथै योे लामो समय सम्म टिकाउ हुने गर्दछ ।MCI Eco ब्लकहरु पुनःनिर्माणमा पनि प्रयोग गर्न सकिन्छ ।

प्लाष्टरका लागि सहज

MCI Eco ब्लकको अग्र भागमा प्लाष्टर अड्याउनका लागि विशेष सचेतता अपनाइएको हुन्छ । यसको अगाडिको भागमा लाइन परको खस्रोभाग हुन्छ । जसमा पातलो प्लाष्टर लाग्दछ ।

शुद्धता

MCI Eco ब्लकहरुको डाइमेन्सन (आयातन) मा कुनै फरक नपर्ने भएकाले ग्राहकले ठीक अवस्थाको उत्पादन प्राप्न गर्न सक्नु हुनेछ ।

लामो समय टिक्न

MCI Eco ब्लकमा कुनै जैविक सामाग्री प्रयोग नहुने भएकाले यसलाई किराले खाँदैन र साधारण वातावरण धेरै समयसम्म टिक्छ ।